पोखरामा यात्रु चढाउँदै गरेको बसलाई टिप्परले ठक्कर दिँदा ३ जना घाइते
पाेखरा | कात्तिक १, २०८१
पोखरा: पोखरामा आज बिहान रोकि राखेको बसलाई टिप्परले ठक्कर दिँदा तीन जना यात्रु घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२५ हेमजास्थित बडहरेमा पोखराबाट म्याग्दीतर्फ जाँदै गरेको ग १ ख ७००२ नम्बरको बस रोकि यात्रु चढाउँदै गरेको अवस्थामा सोही दिशातर्फ तर्फ जाँदै गरेको ग १ ख ९१४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
बसलाई टिप्परले ठक्कर दिँदा बस चढ्दै गरेका म्याग्दीको धौलागिरी गाउँपालिका–५ बस्ने ८४ वर्षीय हर्कलाल छन्त्याल, टिप्पर चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भएका ३१ वर्षीय मनोज कटुवाल र टिप्परमा सवार नुवाकोट घर भएका २८ वर्षीय बुद्ध घले घाइते भएका हुन् ।
घाइते छन्त्यालको फिस्टेल अस्पतालमा उपचारमा भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यस्तै टिप्पर चालक र सोही टिप्परमा सवार घलेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्य अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

